जोडिनुहोस
  • होमपेज
  • विकास योजनामा भारतीय दूतावासले सोझै रकम दिनु राष्ट्रहित विपरीत झलनाथ खनाल

विकास योजनामा भारतीय दूतावासले सोझै रकम दिनु राष्ट्रहित विपरीत झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपालको विकास परियोजनामा भारतीय दूतावासले सिधै रकम दिनु गलत भएको बताएका छन् । गत बुधबार भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएका बेला भारतीय दूतावासले नेपाली परियोजनामा सिधै २० करोड रुपैयाँसम्म रकम दिन सक्ने समझदारी भएको थियो । यसअघि दूतावासले यस्तो विकास परियोजनामा ५ करोड रुपैयाँसम्म दिन सक्ने व्यवस्था थियो । पार्टी कार्यालय आलोकनगरमा शनिबार सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले भारतले दिने सहयोग रकम भारतीय सरकारले सोझै नेपाल सरकारलाई दिनुपर्ने बताए ।

‘‘कुनैपनि देशको दूतावासबाट सोझै रकम ल्याउने गरीकन कुनैपनि प्रकारका परियोजना बनाउने कुराहरु हाम्रो राष्ट्रको हितको कुरा हुँदैन । हाम्रो देशको स्वतन्त्रता र सार्वभौम सत्ता अनकुल हुँदैन । यो राष्ट्रिय हित विपरीत हुन्छ’, खनालले भने । उनले अगाडि भने, ‘यो कुरा ३ करोड दिने कुरा गरियो, त्यस बेलादेखि नै गलत हो । त्यसपछि ५ करोड बनाउने कुरा पनि गलत हो र अहिले २० करोड बनाउने कुरा पनि गलत हो । यदि छिमेकी देश भारतले हामीलाई अनुदान दिने हो भने कति अर्ब, कति खर्ब दिने हो, त्यो हामी लिन्छौं र मुरीमुरी धन्यवाद दिन्छौं ।’ नेपाल सरकारले आफैं योजना बनाएर कार्यान्वयन गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने भन्दै खनालले भने, ‘यो अधिकार यो गठबन्धन सरकारले सुरक्षित राख्न सकेन । त्यसकारणले यो राष्ट्र हित विपरीतको कुरा हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका