जोडिनुहोस
  • होमपेज
  • डा विशद दाहालको निलम्बन फिर्ता

डा विशद दाहालको निलम्बन फिर्ता

डा विशद दाहालमाथि नियमविपरीत लगाइएको निलम्बन फिर्ता लिन केएमसी अस्पताल सहमत भएको छ। बालकुमारीमा भएको २ घण्टा लामो छलफलपश्चात मेडिकल कलेज केएमसी र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको हो। अब केएमसीले डा विशद दाहाललाई निलम्बन फिर्ता गर्दै कलेज प्रवेश गर्न दिने भएको छ। यसअघि हिजो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि डाक्टर दाहालको निलम्बन फिर्ता लिन काठमाडौं मेडिकल कलेज केएमसीलाई निर्देशन दिएका थिए । बुधबार केएमसीका प्रथम डिन एनबी राणा, हालका डिन मनोज हुमागाईं, केएमसीसहित अन्य मेडिकल कलेजका विद्यार्थीहरू सहभागी बैठकमा फिल्ड वर्कसम्बन्धी निर्देशिका बनाउने, निर्देशिका नबनुन्जेलसम्म विद्यार्थीलाई असर नपर्ने गरी पठाउने सहमति भएको छ। फिल्ड वर्कका विषयमा डा दाहाललाई केएमसीले एक महिनाका लागि निलम्बन गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका