जोडिनुहोस
  • होमपेज
  • राजतन्त्र इतिहास भइसक्यो, अब सम्भव छैन  पूर्वप्रधानमन्त्री नेपाल

राजतन्त्र इतिहास भइसक्यो, अब सम्भव छैन  पूर्वप्रधानमन्त्री नेपाल

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले इतिहास भइसकेको राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन् ।टिकापुरमा नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनमा बोल्दै नेपालले राजतन्त्र फर्काउन केही व्यक्तिले खुट्टा उचालिरहेको बताउँछदै त्यो सम्भव नभएको दाबी गरेका हुन् । ‘गणतन्त्रका विरुद्धमा, हराइसकेको, बितिसकेको कामै नलाग्ने अवस्थामा पुगेको संस्थाको विषयमा आवाज उठ्न थालेको छ ’ नेपालले भने, ‘केही मान्छेले खुट्टा उचालिरहेका छन् । राजतन्त्र इतिहास भइसकेको छ अब त्यो सम्भव छैन । ’ नेपालले फेरि दास बनाउने कुरा स्वीकार नहुने बताउदै बरू अहिलेकै व्यवस्थामा रहेर विकल्प खोज्न सकिने बताए । “एउटा पार्टी ठीक छैन भने अर्को आउँछ एउटा नेता ठीक छैन भने अर्को नेता आउँछ तर फेरि दास बनाउने कुरा स्वीकार्य हुदैन् ।’ उनले भने । नेपालले रेशम चौधरी टीकापुर घटनामा प्रत्यक्ष रुपमा नरहेको दाबी समेत गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका