जोडिनुहोस
  • होमपेज
  • पूर्वाञ्चल क्याम्पस धरानमा डेल्टाको पाचौं संस्करण

पूर्वाञ्चल क्याम्पस धरानमा डेल्टाको पाचौं संस्करण

काठमाडौं – पूर्वाञ्चल क्याम्पस धरानमा रहेको ‘डेल्टा’ विद्यार्थी समाजले हरेक वर्ष झै यस वर्ष पनि प्राविधिक मेला आयोजना गर्ने भएको छ। ग्रीन टेक्नोलोजी थिममा आधारित भइ यहि माघ ५, ६ र ७ गते मेला लगाइने भएको हो।

पूर्वान्चल क्याम्पस स्ववियु सभापति नवीन श्रेष्ठका अनुसार २०७६ सालमा ‘डेल्टा’ स्थापित भइ हरेक वर्ष फरक थिम र फरक अवधारणाका साथ मेला लगाइदै आएको छ। यस अघिका आफ्ना तिन संस्करण सम्पन्न गरेको डेल्टाले यस पटकको मेलामा अझ नयाँ नयाँ इभेन्टका साथ तयारी गरि रहेको छ।

इन्जिनियरिङ क्याम्पसहरुमा आयोजना भइराख्ने मेला हरुमा डेल्टालाई पुल्चोकमा हुने लोकस पछिको ठूलो प्राविधिक मेला मानिन्छ। कोशी प्रदेश भरिका विभिन्न विद्यालय तथा क्याम्पसबाट विद्यार्थीहरुको सहभागिता रहने यस मेलामा यस वर्ष तीस हजार सहभागीको अपेक्षा रहेको डेल्टाका भाइस–कोर्डिनेटर विवेक न्यौपानेले बताए।

२०७६ सालमा डेल्टा १–० नाम रहि सुरु भएको यस मेला त्यसपछीका वर्षहरुमा डेल्टा १–१, डेल्टा २–० , डेल्टा ३–० हुँदै यस वर्ष को इभेन्टको नाम डेल्टा ४–० रहन गएको हो।​

ग्रिन टेक्नोलोजीमा आधारित यस मेलामा सस्टेनेबल टेक्नोलोजीका साथै प्रदुषण रहित उपकरण बनाउन विद्यार्थीलाई प्रेरित गर्ने आयोजकको लक्ष्य रहेको छ।

मेलामा आगन्तुकहरुले विद्यार्थीहरु आफैले बनाएका उपकरण हरुको दृष्यावलोकन साथ साथै प्रतियोगिता हरुमा पनि भाग लिन पाउने छ। यहि माघ ५ गते देखि सुरु हुने मेलाको मुख्य आकर्षकहरु बिभिन्न रोबोटिक्स सामग्री प्रद्शन, गो कार्ट दौड देखि लिएर अरु बिधा पनि हुनेछ।

हरेक प्रतियोगिताका लागि देश भरी बाटै आवेदन आइरहेको डेल्टाका कोअर्डिनेटर कल्यान बास्कोटाले बताए। डेल्टाको मुख्य आकर्षकको रुपमा रहेका प्रतियोगिताहरुमा नगद पुरस्कारसहित आकर्षक उपहारहरु समेत रहेको छ।

३ दिन चल्ने मेलामा विभिन्न स्टलहरु राखिनेछ्न जसमा विद्यार्थीहरुले बनाएका उपकरणहर राखिनेछ र दर्शकले अवलोकन गर्न सक्नेछ्न्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका