जोडिनुहोस
  • होमपेज
  • दार्चुलामा बस दुर्घटना, १५ जना घाइते

दार्चुलामा बस दुर्घटना, १५ जना घाइते

दार्चुला।दार्चुलामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सदरमुकाम खलंगाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२ ००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका-५ स्थित डम्पिङ साइट नजिकै आज बिहान ६ बजेतिर दुर्घटना भएको हो ।

घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । बस सडकबाट करिब २० मिटर तल खसेको थियो । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका