जोडिनुहोस
  • होमपेज
  • ट्रकमा राखेर जंगीअड्डा पुर्‍याइयो सैनिक हेलिकोप्टर

ट्रकमा राखेर जंगीअड्डा पुर्‍याइयो सैनिक हेलिकोप्टर

काठमाडौं । सैनिक प्रदर्शनीका लागि नेपाली सेनाले ट्रकमा राखेर हेलिकोप्टर जंगीअड्डासम्म पुर्‍याएको छ । ९ माघदेखि चार दिनसम्म हुने सैनिक प्रदर्शनीका सेनाले जंगीअड्डासम्म होलिकोप्टर ट्रकमा राखेर पुर्‍याएको हो ।

नेपाली सेनाको जंगीअड्डाले यस्तो प्रर्दशनी वर्षेनि गर्दै आउने गरेको छ । चलिरहेको हेलिकप्टर प्रदर्शनीमा लैजाने भनिएपनि आवश्यक परेको समयमा तत्काल प्रदर्शनीस्थलबाट निकाल्न नमिल्ने भएकाले मर्मत रहेको हेलिकप्टर प्रदर्शनीमा लगिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार कलसाइन एनए ०३३ को यो हेलिकोप्टरको केही पार्टस् मर्मतका लागि पठाइएको छ । उक्त कार्यक्रमको उदघाटन प्रधान सेनापति प्रभुराम शर्माले गर्नेछन् । उक्त कार्यक्रम बिहान १० बजेबाट साँझ पाँच बजेसम्म चल्नेछ ।


जंगीअड्डाले शिवरात्रीका बेला सेना दिवस मनाउँदै आएको छ । त्यसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रमहरु हुने गरेका छन् । त्यही क्रममा सेनाको ऐतिहासिक विकासक्रम र वर्तमान गतिविधि झल्कने स्टलसहित फोटो तथा युनिट विशेष प्रदर्शनी गर्न लागिएको हो ।

प्रदर्शनीमा फोटोसहित हातहतियार, खेलकुद तथा पर्वतारोहण, विकास निर्माण, फौज तथा विभिन्न अंग, शान्ति मिशनमा नेपाली सेनाको सहभागिता गतिविधि समावेश गरिने नेपाली सेनाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका