जोडिनुहोस
  • होमपेज
  • लगातार चौथो दिन शेयर बजार घट्यो, ६ अर्ब ३६ करोड रुपैयाँको कारोबार

लगातार चौथो दिन शेयर बजार घट्यो, ६ अर्ब ३६ करोड रुपैयाँको कारोबार

लगातार चौथो दिन आज पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ४९ अङ्कले घटेर २ हजार ९८ दशमलव ६९ विन्दुमा झरेको छ । आज व्यापारबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै दोर्दी जलविद्युत् कम्पनीको शेयर झन्डै साढे ८ प्रतिशत र हिमालयन लघुवित्तको शेयर ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज अपर साङ्गे जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत र मध्य सोलु जलविद्युत् कम्पनीको शेयर साढे ९ प्रतिशतले बढेको छ । आज १ करोड ८० लाख कित्ता शेयर ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्स कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका