जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री कपमा कोशीको लगातार आठौँ हार

प्रधानमन्त्री कपमा कोशीको लगातार आठौँ हार

जारी प्रधानमन्त्री कपमा कोशी प्रदेशले आठौँ हार बेहोरेको छ । बुधबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ८ विकेटले पराजित गरेपछि कोशीले लगातार आठौँ हार बेहोरेको हो । कोशी प्रदेशले दिएको १२४ रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले २१।१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
यसअघि कोशीले पहिला ब्याटिङ गर्दै ३२ ओभरमा अलआउट भएर १२३ रन बनाएको थियो ।

यो जितपछि सुदूरपश्चिम प्रदेशले ५ खेलमा चौथो जित हासिल गर्दै ८ अंक बनाएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै कोशी प्रदेशले भने लगातार आठौँ हार बेहोरेको छ । अब सुदूरपश्चिमले अर्को खेल बिहीबार बागमती प्रदेशसँग मूलपानी मैदानमा खेल्ने छ भने कोशी प्रदेशले आफ्नो अन्तिम खेल आउँदो मंगलबार टियु मैदानमा लुम्बिनी प्रदेशसँग खेल्नेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका