जोडिनुहोस
  • होमपेज
  • शहीदको सूचीमा साढे २ हजारभन्दा धेरै सङ्ख्या थप्ने तयारी

शहीदको सूचीमा साढे २ हजारभन्दा धेरै सङ्ख्या थप्ने तयारी

आजदेखि शहीद सप्ताह शुरु भएको छ । तत्कालीन राणाशासनको विरोध गरेको आरोपमा १९९७ सालमा ४ जनालाई मृत्युदण्ड दिएको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइन्छ । गृह मन्त्रालयमा रहेको तथ्याङ्कअनुसार नेपालमा शहीदको सङ्ख्या १२ हजार १ सय ९७ जना छ । यो सङ्ख्या चाँडै १४ हजार ७ सय ९८ जना पुग्दैछ । गएको पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रधानमन्त्री कार्यालयबाट थप २ हजार ६ सय १ जनाको सूची प्राप्त भएको र त्यसलाई राजपत्रमा प्रकाशन गर्ने अन्तिम तयारी रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ । केही दिनमै राजपत्रमा प्रकाशित हुनेछ ।

शहीद घोषणाका लागि सरकारले २०६६ सालमा मोदनाथ प्रश्रितको संयोजकत्वमा र २०६८ सालमा नवराज सुवेदीको अध्यक्षता आयोग गठन गरेको थियो । ती आयोगले प्रतिवेदन बुझाए पनि सरकारले आफू अनुकूल वा विभिन्न आन्दोलनका आधारमा शहीद घोषणा गर्दै आएको छ । कतिपय राजनीतिक दलले राजनीतिक स्वार्थपूर्ति गर्न र कतिपयले शहीद परिवारलाई सरकारले उपलब्ध गराउने १० लाख रुपैयाँ पाउने लोभमा पनि शहीद घोषणा गर्नुपर्ने माग अघि सार्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका