जोडिनुहोस
  • होमपेज
  • सबै प्रदेशमा मतदान सम्पन्न, ९९ दशमलव ३२ ले मतदान गरे

सबै प्रदेशमा मतदान सम्पन्न, ९९ दशमलव ३२ ले मतदान गरे

सबै प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कुल ९९ दशमलव ३२ ले मतदान गरेका छन् । उनले भने, ‘मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भयो । हामी डाटा निकाल्दै छौँ । देशभर प्रदेश सभा सदस्य १ जनाले मतदान गर्नु भएको छैन । पालिका र नगरतिर ५–७ जनाले गर्नु भएन ।’ उनका अनुसार मधेस प्रदेशको जनकपुरमा मत गणना सुरु भइसकेको छ । अन्य प्रदेशमा पनि मुचुल्काको काम सुरु भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका