जोडिनुहोस
  • होमपेज
  • लुम्बिनीमा मोन्लाम पूजा सम्पन्न

लुम्बिनीमा मोन्लाम पूजा सम्पन्न

लुम्बिनी।बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामनासहित गरिएको महागुरु भूम्छोक एवं मोन्लाम पूजा सकिएको छ । मायादेवी मन्दिर अगाडि एक लाख मन्त्रोउच्चारण सहितको महागुरु भूम्छोक एवं प्राणीधान मोन्लाम पूजा आयोजना गरिएको हो ।

पूजामा विश्व शान्तिको कामना, प्रकृति, प्राणी जगतको भलाइका लागि प्रार्थना गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा (खेन्पो छिमे) ले बताए ।

उनले लुम्बिनीमा धार्मिक गतिविधिलाई बढावा दिन यसपटक रिपोन्छे, लामा गुरु, भिक्षु र आनीको उपस्थितिमा भूम्छोक र मोन्लाम गरिएको बताए ।

महागुरु बुमटस्क फर वर्ल्ड पिसको आयोजनामा सुरु भएको मोन्लम पूजामा उपाध्यक्ष लामासहित प्रथम खान्डो छिरिङमा रिपोन्छे, छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छेलगायत सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका