जोडिनुहोस
  • होमपेज
  • तातोपानीमा आनन्द र उपचार एकैसाथ, प्रवेश शुल्कबाटै एक करोड बढी कमाइ

तातोपानीमा आनन्द र उपचार एकैसाथ, प्रवेश शुल्कबाटै एक करोड बढी कमाइ

विसं २०४२ देखि म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिङ्गा तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा स्थापित छ । यहाँको तातोपानी कुण्डमा डुबेपछि बिरामी निको हुन्छन् । यहाँको तातोपानी कुण्डमा डुबेर निको हुने भएपछि प्राकृतिक चिकित्सालयका रुपमा विकास तथा प्रवद्र्धन भइरहेको छ । यस कुण्डको तातोपानीमा विरेनुनको सुगन्ध र पिउन सकिने चिकित्सकले प्रमाणित गरेको छ । चिकित्सकबाट नै प्रमाणित गरी यस तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि आउने सेवाग्राही बढ्दै गएका छन् ।

प्राकृतिक चिकित्सालयका रुपमा ख्याति कमाउँदै आएको यस तातोपानी कुण्डको पानीमा नुहाउँदा वा डुब्दा रोग निको हुने गरेको छ । चितवनको कसराचोकका ६७ वर्षीया रमा कुमारी पौडेल पहिलो पटक तातोपानीमा डुब्न आएको बताउँछन् । उनी भन्छन्, ‘जीउ दुख्ने भएर तातोपानीमा डुब्न आएको हो । यहाँ डुब्दा बिस्तारै निको हुँदै गएको छ ।’ सबैले यहाँको तातोपानी नुहाउँदा निको हुन्छ भन्ने थाहा पाएर आएको उनी बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका