जोडिनुहोस
  • होमपेज
  • पशुपतिनाथको आरती कपीराइटबारे ५ सदस्यीय अध्ययन समिति गठन

पशुपतिनाथको आरती कपीराइटबारे ५ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं । पशुपतिनाथमा दैनिक हुने सन्ध्या आरतीको बुढासुब्बालाई दिइएको कपीराइट छानबिनका लागि अध्ययन समिति गठन गरिएको छ । मंगलबार पर्यटनमन्त्री सुदन किरातीको अध्यक्षतामा मन्त्रालयमा बसेको पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकले कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नेतृत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

समितिको सदस्यमा काठमाडौं महानगरका प्रतिनिधि र कोषका सदस्यहरू छन् । उक्त अध्ययन समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय तोकिएको छ ।

पशुपतिनाथ मन्दिरभित्र दैनिक हुने सन्ध्या आरतीलाई डिजिटल माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने विषयमा ६ महिना अगाडि सम्झौता भएको थियो तर केहि दिन अघि आएको विवादका कारण यसको अध्ययन अनुसन्धान गरी वास्तविक कुरा पत्ता लगाउन छानविन समिति गठन गरिएको हो ।

बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्यूवमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपीराइट ऐन अन्तरगत कारबाही हुने सूचनापछि धार्मिक स्थलको व्यापारीकरण गरिएकोप्रति आलोचना भएका थियो । उक्त विषयमा पशुपति क्षेत्र विकास कोषले उक्त विषयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका