जोडिनुहोस
  • होमपेज
  • पशुपक्षी क्षेत्रको विकासका लागि मन्त्रालय र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौता

पशुपक्षी क्षेत्रको विकासका लागि मन्त्रालय र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौता

कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य गर्ने गरी नेपाल सरकार र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सिंहदरबारमा रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा आज एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यो सम्झौताले पशुपक्षी अनुसन्धान, विकास, नवीन प्रविधि प्रवर्द्धन र कृषि क्षेत्रको दिगो विकासमा योगदान पुग्ने कृषिमन्त्री डा वेदुराम भुसालले जानकारी दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव डा। रेवतीरमण पौडेलले अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानसँगको सहकार्यले नेपालको पशुपालन क्षेत्रमा स्थानीय समस्याहरूलाई समाधान गर्न अनुसन्धानात्मक कार्यहरूलाई स्तरीय र अन्तर्राष्ट्रिय परिवेश अनुकूल बनाउन फलदायी हुने बताउनुभयो ।

अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानले नेपालमा पहिलादेखि नै भैँसीको दूध मूल्य शृङ्खला, पशुधन लगानी योजना, क्षमता विकास र लम्की स्किन रोग नियन्त्रणसम्बन्धी काम गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका