जोडिनुहोस
  • होमपेज
  • एमाले सांसद नेम्वाङ बिरामी, हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइयो

एमाले सांसद नेम्वाङ बिरामी, हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइयो

प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमालेका नेता वसन्तकुमार नेम्वाङ अकस्मात बिरामी परेपछि ताप्लेजुङबाट उपचारका लागि काठमाण्डौ ल्याइएको छ । नेकपा एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङलिङ आउनुभएका नेम्वाङ अचानक बिरामी परेपछि हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको हो । खाना खाएर कार्यक्रममा जाने समयमा बिरामी परेपछि उहाँलाई नजिकैको तमोर अस्पताल लगिएको थियो । पाँचथरबाट निर्वाचित सांसद नेम्वाङ एमाले ताप्लेजुङको इन्चार्जसमेत हुनुहुन्छ । उहाँ आज बिहान फिदिमबाट ताप्लेजुङ पुग्नुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका