जोडिनुहोस
  • होमपेज
  • बैतडीसहित सुदूर पहाडमा वर्षासँगै हिमपात

बैतडीसहित सुदूर पहाडमा वर्षासँगै हिमपात

बैतडीसहित सुदूर पहाडमा वर्षासँगै हिमपात शुरु भएको छ । आज बिहानैदेखि यी क्षेत्रमा वर्षासँगै हिमपात भइरहेको छ । बैतडीको खोड्पे, सिगास, बाँजपानी, सतबाज, अनारखोली र मुरुयाचौर लगायतका क्षेत्रमा हिमपात भइरहेको छ । यसैगरी बझाङ, दार्चुला र डडेल्धुराका उच्च लेकाली भेगमा पनि हिमपात भइरहेको छ ।

असोजपछि माघमा हिउँदे वर्षा भएपछि किसानले राहत महसुस गरेका छन् । ढिलोगरी हिउँदे वर्षा भए पनि हिउँदे बालीका लागि राहत मिलेको सुर्नया गाउँपालिका–६ का किसान लवदेव अवस्थीले बताउनुभयो । यस्तै लामो समयपछि वर्षा र हिमपात हुँदा हिउँदे तरकारी तथा फलफूलका लागि समेत राम्रो भएको पाटन नगरपालिका–१० का कृष्ण विष्टले बताउनुभयो । अहिले हिउँदे फलफूलका बिरुवा लगाउने समय भएकाले हिमपातसहितको वर्षाले निकै राहत पुग्ने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका