जोडिनुहोस
  • होमपेज
  • प्रादेशिक अस्पतालमा बिरामीलाई रगत निःशुल्क

प्रादेशिक अस्पतालमा बिरामीलाई रगत निःशुल्क

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट प्रादेशिक अस्पतालले भर्ना भएका बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्करुपमा उपलब्ध गराउन ब्लड बैंकको सुरुआत गरेको छ ।

बागमती प्रदेश सरकारले २०७९ चैतमा तयार गरेको कार्यविधिअनुसार जिल्ला स्वास्थ्य कार्यालयले मेथिनकोट अस्पतालमा भर्ना भएका बिरामीका लागि आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउन सम्झौता गरेअनुसार ब्लड बैंकको स्थापना गरिएको जनाइएको छ ।

उक्त ब्लड नगरपालिकाका प्रमुख कुन्साङ लामाले बिहीबार एक कार्यक्रमका बीच ब्लड बैंकको शुभारम्भ गरेका हुन्। अस्पतालले ब्लड बैंकका लागि आवश्यक पूर्वाधार व्यवस्थापन नभएका कारण करिब एक वर्ष ढिला भएको जनाएको हो । चालु आर्थिक वर्षको छ महिनापछि बिहीबारदेखि अस्पतालमा भर्ना भएका बिरामीका लागि आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराइने भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालका अनुसार ब्लड बैंक सञ्चालनसँगै आकस्मिक रुपमा दुर्घटना भएका बिरामीका लागि तथा अन्य अवस्थामा बिरामीलाई सहज हुने अपेक्षा गरिएको छ । ब्लड बैंकको स्थापनापछि सबै प्रकारका रोगको रगत परीक्षण तथा अन्य सेवा उपलब्धसमेत गराउने उद्देश्य रहेको जनाइएको छ ।

यस्तै अस्पतालमा ओपिडी, आकस्मिक तथा शल्यक्रियासहितको सेवा सुरु भइसकेको छ । मिर्गौला रोगीका लागि डायलासिस सेवालाई पनि निरन्तरता दिइएको छ । विसं २०६६ मा स्थापित अस्पतालमा हाल दैनिक एक सयभन्दा धेरै बिरामीलाई सेवा दिने गरिएको छ । अस्पतालले आगामी फागुन ५ गते आफ्नो स्थापनाको अवसरमा सिटी स्क्यान सेवा सुरु गर्ने योजना बनाएको छ ।

अस्पतालमा ब्लड ब्याग र रक्त परीक्षणका लागि आवश्यक शुल्क जिल्ला स्वास्थ्य कार्यालयले रेडक्रस काभ्रेपलााञ्चोकको ब्लड बैंकमार्फत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । कार्यालयले यसै अवसरमा जिल्लास्थित रेडक्रसको ब्लड बैंकमा पनि उक्त सुविधा उपलब्ध गराउने जनाएको छ ।

अस्पतालले सघन कक्ष ९आइसियु० र नवजात शिशुको सघन कक्ष ९एनआइसियु० सञ्चालनको तयारीमा रहेको अस्पतालले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा विस्तार गर्दै प्रदेशस्तरीयमा स्तरोन्नति गराइएको उक्त अस्पताल १५ बाट ५० श्ययामा व्यवस्थित गरिएको छ ।

अस्पतालमा हाल हृदयाघातका बिरामीका लागि पहिलो चरणको खोप निःशुल्क उपलब्ध गराइँदै आएको छ भने मानसिक रोगको उपचार, हाडजोर्नी, बाल रोग विशेषज्ञ तथा सम्पूर्ण ल्याब सेवा, रेबिज खोपलगायत नेपाल सरकारले तोकेको दुई सय ५० थरिका औषधि निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका