जोडिनुहोस
  • होमपेज
  • एकता महाधिवेशनमा जानेबारे नेसपामा दुईमत

एकता महाधिवेशनमा जानेबारे नेसपामा दुईमत

काठमाडौं । नेपाल समाजवादी पार्टीभित्र माओवादी केन्द्रसँग एकताको महाधिवेशन गर्ने कि पार्टीको महाधिवेशन गर्ने भन्ने विषयमा पाटीभित्र विवादको अवस्था सिर्जना भएको छ । नेसपाभित्र दुई थरीको बहस सुरु भएपछि विवादको अवस्था सिर्जना भएको हो । अध्यक्ष बाबुराम भट्टराई पक्ष माओवादीसँग पार्टी एकता गर्न असहमति छन् । मंशिरको पहिलो साता पाटीको एकताबारे बसेको नेसपाको बैठकमा अध्यक्ष महिन्द्र राय यादवको चर्को दबाबपछि भट्टराई एकता समायोजन समिति गठन गर्न तयार भएका थिए । अन्ततः माओवादीसँग एकता गर्न भट्टराईकै नेतृत्वमा समायोजन समिति बनेको थियो । जसमा महिन्द्रसहित सहअध्यक्ष गङ्गा श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव र महासचिव रमेशप्रसाद यादव सदस्य रहेका छन् ।

पछिल्लो समय भट्टराईले एकता महाधिवेशन गर्न तयार नदेखिएपछि केन्द्रीय कार्यकारिणी बैठकले वारपार गर्ने महिन्द्र पक्षका नेताहरूले दाबी गरेका छन् । भट्टराई एकता महाधिवेशन गर्ने भन्दा पनि पार्टीको महाधिवेशन गर्ने अडानमा रहेका छन् । नेसपाले एकता महाधिवेशनमा जान नमान्ने बहुमतको तयारी छ ।

माओवादीसँग तत्काल पार्टी एकता गरेर जाने पक्षमा महिन्द्रसहित सहअध्यक्ष गङ्गा श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव लगायत नेताहरू रहेका छन् । गत वर्ष निर्वाचनअघि दुई पार्टीबिच एकता गर्ने सहमति भएको थियो । तर बाबुरामलाई थाहै नदिई माओवादीसहित चार दलीय समाजवादी मोर्चा गठन गरेपछि उनी असन्तुष्ट रहँदै आएका छन् । असोजको अन्तिम साता नेसपाका अध्यक्ष महिन्द्रलाई माओवादीले गरेको पत्राचारबाट भट्टराई प्रचण्डसँग थप सशङ्कित देखिएका छन् । यसै विषयको हल खोज्न नेसपाले शुक्रबार केन्द्रीय कार्यकारिणी बैठक र शनिबार केन्द्रीय समिति बैठक बोलाएको हो । यता माओवादीले पार्टी एकताका लागि नेसपामाथि लगातार दबाब बढाएका छन् । गत वर्ष माओवादीको चुनाव चिन्हबाट महिन्द्र प्रतिनिधिसभा सदस्य निर्वाचित छन् । गङ्गा बागमती प्रदेश सभा सदस्य निर्वाचित भएका छन् । महिन्द्र अहिले प्रचण्ड सरकारमा खानेपानी मन्त्री छन् भने गङ्गा बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री छन् ।

त्यस्तै पुस २८ मा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले एकता समिति गठन गर्ने निर्णय गरिसकेको छ । आवश्यकता अनुसार समितिमा अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गर्ने गरी पुरानै वार्ता समितिलाई यथावत् राखिएको छ । जसमा उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिव त्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका