जोडिनुहोस
  • होमपेज
  • नेता भएर चुनाव लड्न र प्रधानमन्त्री बन्न पूर्वराजालाई माधव नेपालको चुनौती

नेता भएर चुनाव लड्न र प्रधानमन्त्री बन्न पूर्वराजालाई माधव नेपालको चुनौती

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेता भएर चुनाव लड्न र प्रधानमन्त्री बन्न चुनौती दिएका छन् ।नेपालले देश राम्रोसँग चलेको जस्तो नलागे पूर्वराजा शाह संवैधानिक प्रक्रियाबाट आफैँ प्रधानमन्त्री बन्न सक्ने बताएका हुन् । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

उनले भने, ‘यदि राज्य शासन प्रणाली ठिक ढङ्गले चलेको छैन भने, मुलुक राम्ररी चलाउन सकेका छैनन् भने नेता भएर आए हुन्छ । जनताको बीचमा भिजे हुन्छ, चुनाव जितेर आए हुन्छ । राम्रो प्रधानमन्त्रीको रूपमा देशलाई विकल्प दिए हुन्छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका