जोडिनुहोस
  • होमपेज
  • नुहाउने बित्तिकै यी काम गर्ने गल्ती नगर्नुस्

नुहाउने बित्तिकै यी काम गर्ने गल्ती नगर्नुस्

कपाल झर्ने समस्या सबैको साझा समस्या हो । महिला या पुरुष दुबैमा यो समस्या हुन्छ । हामीले कपालको हेरचाह र ध्यान नदिँदा र साना–साना गल्तीहरूले गर्दा पनि कपाल झर्ने समस्या बढिरहेको छ ।

कतिपय मानिसहरूको त तालु नै खुइलिएको पाइन्छ । कपाल झर्नुका विभिन्न कारणहरू छन् ।

ती कारणहरू मध्य एक हो हामीले नुहाउने बित्तिकै गर्ने गल्ती ।

यस्ता छन् नुहाउने बित्तिकै गर्न नहुने गल्तीहरूः

– नुहाउने बित्तिकै कपाल कोर्नु हुँदैन । यसो गरेमा कपालको जरा कमजोर हुने र टुक्रिने समस्या बढेर जान्छ ।

–कपाल नुहाउने बित्तिकै ड्राइ वा स्ट्रेट गर्ने मेसिनको प्रयोग गर्नु हुँदैन । जसको प्रयोगले कपालको जरा कमजोर भइ झर्ने र हाँगा आउने समस्याहरू बढेर जान्छ ।

–नुहाउने बित्तिकै चिसो कपाल कहिल्यै पनि मालिस गर्नु हुँदैन। । यसो गरेमा कपाल झर्ने र टुक्रिने समस्या हुन्छ । त्यसैले नुहाउने बित्तिकै कपाल मालिस भुलेर पनि नगर्नुहोला ।

–नुहाउने बित्तिकै चिसो कपाल बाँध्नु हुँदैन । जसको कारण कपालमा इन्फेक्सन हुनुको साथै चायाँ बढ्ने कपाल झर्ने जस्ता समस्याहरू बढी हुन्छ ।

–नुहाउने बित्तिकै चिसो कपाल लिएर बाहिर निस्कनु हुँदैन जसले गर्दा कपालमा इन्फेक्सन हुनुको साथै धुलोहरूको कारण चाया बढ्छ र कपाल झर्ने समस्या पनि बढ्ने हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका