जोडिनुहोस
  • होमपेज
  • काठमाडौँमा क्रिकेटको विकासमा बालेन र पारसको सहकार्य

काठमाडौँमा क्रिकेटको विकासमा बालेन र पारसको सहकार्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० र राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्ताकां एवं वाग्मती क्रिकेट संघका अध्यक्ष पारस खड्काबीच सहकार्य भएको छ ।

यस सहकार्य अन्तर्गत काठमाडौँमा क्रिकेटको विकासलागि ५० जनालाई आइसीसी लेभल ० क्रिकेट कोचको प्रशिक्षण दिइने समझदारीमा हस्ताक्षर भएको छ ।

यस बारेमा जानकारी दिदै बालेनले वाग्मती क्रिकेट सङ्घको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आइसिसी लेभल ण् क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्न लागेको जानकारी दिएका हुन् ।

उनले भनेका छन्ः

पारस खडका, ज्ञानेन्द्र मल्ल, पृथु बास्कोटा पछि काठमाडौँबाट राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने अर्को खेलाडी नै निस्किएन । कारण काठमाडौँमा खेल्ने वातावरण नै नभएर हो । स्थानीय सरकारको दायित्व भनेकै स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्ने नै हो । त्यसको अनुरूप हामीले बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्दै छौ ।

तर उक्त स्थानमा क्रिकेट सिक्न जाने खेलाडीहरूको लागि प्रशिक्षकको अभाव छ। बाग्मती प्रदेश भित्र लेबल १ देखि ३ सम्मको सर्टिफाइड क्रिकेट प्रशिक्षक २५ जना मात्रै रहेका छन् । प्रशिक्षक र खेलाडीको अनुपातलाई हेर्दा यो निकै कम हो ।

यस खाडललाई सम्बोधन गर्न, हामीले वाग्मती क्रिकेट सङ्घको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आइसिसी लेभल ण् क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्दै छौ । जस अन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहर भरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने छ ।

यस्ता कार्यक्रम मार्फत युवाहरूलाई अनुशासन, टिम वर्क र नेतृत्व कौशल विकास गर्ने ठाउँ दिने ,ट्यालेन्ट पूलः क्रिकेट प्रतिभाको संख्या बढाइ, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरहरूमा सम्भावित प्रतिनिधिहरूको पहिचान गरी क्षमता अभिवृद्धि गर्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका