जोडिनुहोस
  • होमपेज
  • आज २०८० साल माघ २२ गते सोमबारको राशिफल

आज २०८० साल माघ २२ गते सोमबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। नयाँ ठाउँको यात्रा गर्ने योग छ। पुराना साथीसँगको भेटले दिन रमाइलो हुनेछ। लगानी गरेका ठाउँमा आम्दानी बढ्नेछ । पारिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः दैनिकी राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानी सफल हुनेछ। आय भन्दा खर्च बढ्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दिन राम्रो छ। कार्यशैलीमा परिवर्तन गर्नु आवश्यक हुन्छ। मासु र मदिराको लतमा रहेका साथीसँग सचेत हुनु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ।

कर्कटः दिन सामान्य छ। झुटा आरोप सुन्नुपर्ने हुनसक्छ। नजिकका आफन्तबाट असहयोग हुनेछ। आजको दिन हनुमानको भजन मात्र सुने पनि काममा देखिएको अवरोध खुल्नेछ। परिवारको साथ पाइनेछ। प्रेम सम्बन्ध राम्रो बन्नेछ।

सिंहः दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। रोगमुक्त हुने योगे छ। हरेक क्षेत्र सबल छन्। परिवारका सदस्यको गुनासो सुन्नुपर्नेछ।

कन्याः दिन राम्रो छ। ठुलो कामको सुरुवात गर्नु राम्रो हुन्छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा लाभ प्राप्त हुनेछ। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। तर्साएर सफल बन्न खोज्नेसँग जोगिएर काम गर्नु राम्रो हुन्छ।

तुलाः दिन राम्रो छ। समय सदुपयोग गर्नु राम्रो हुन्छ। समय नबुझेकै कारण परिवारसँग झगडा हुनसक्छ। धार्मिक र सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

वृश्चिकः दिन सामान्य छ। राम्रो कामको जस अरुले नै लिन खोज्छन्। आफ्ना भनेकाबाट धोखा हुने खतरा छ। साथीसँग सचेत हुनुपर्ने देखिन्छ। परिवारको तर्फबाट भने राम्रो साथ मिल्नेछ।

धनुः दिन राम्रो छ। सभा–समारोह वा व्यवहारिक काममा थोरै बोलेको राम्रो हुनेछ। अन्य क्षेत्रमा भएको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

मकरः दिन सामान्य छ। अचानक खर्च बढ्नेछ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। परिवारको साथले गर्दा दिन भने खुशीका साथ बित्नेछ।

कुम्भः समय सामान्य राम्रो छ। बोल्न नजान्दा शब्दको जालमा फस्ने योग रहेको छ। थोरै र अर्थपूर्ण शब्द बोल्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानी भए फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

मीनः दिन राम्रो छ। नसोची गरेको लगानीले घाटा हुनसक्छ। जानकार वा विज्ञसँग सल्लाह गरेर काम गर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका