जोडिनुहोस
  • होमपेज
  • महिला फुटबलको ओलम्पिक छनोट नेपालमा हुने

महिला फुटबलको ओलम्पिक छनोट नेपालमा हुने

काठमाडौं । पेरिस ओलम्पिक खेलकुदका लागि महिला फुटबलको एसिया छनोटको पहिलो चरण अन्तर्गत समूह ‘सी’ को छनोट नेपालमा आयोजना हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिकको छनोट अन्तर्गत समूह ‘सी’ को छनोट नेपालमा हुने जनाएको छ ।

समूह ‘सी’ मा नेपालसँगै भियतनाम र अफगानिस्तान रहेको छ । यस समूहबाट प्यालेस्टाइनले भने नाम फिर्ता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो चरणको छनोट खेलहरु आगामी अप्रिल ३ देखि ११ सम्म हुनेछ ।

पहिलो चरणमा सहभागी २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष टोलीले दोस्रो चरणको यात्रा तय गर्ने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका