जोडिनुहोस
  • होमपेज
  • विदेशमा पढ्न जानेहरूका कारण ६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहरियो

विदेशमा पढ्न जानेहरूका कारण ६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहरियो

चालु आर्थिक वर्षको छ महिनामा विदेश पढ्न जाने विद्यार्थीहरूको नाममा झन्डै ५९ अर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउनदेखि पुस मसान्तसम्म भ्रमण व्यय अन्तर्गत विदेशमा पढ्न जानेहरूले ५८ अर्ब ९५ करोड रुपैयाँ लगेका छन् । अघिल्लो वर्षको छ महिनामा जम्मा ३५ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएकोमा यो वर्षको छ महिनामै साढे २२ अर्ब रुपैयाँभन्दा धेरैले बढेको हो ।

नेपालमा विश्वविद्यालयको पढाइ गुणस्तरीय नहुँदा र पढाइअनुसारको काम नपाउँदा विद्यार्थीहरू विदेशिने क्रम बढेको छ, विद्यार्थी बढेसँगै नेपालबाट अर्बौँ रुपैयाँ पनि बाहिरिएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन शाखाका अनुसार गएको आर्थिक वर्षमा एक लाख १० हजार दुई सय १७ जनाले वैदेशिक शिक्षाका लागि अनुमति लिएका थिए । एक लाख १० हजार जना विद्यार्थीबाट गएको वर्ष एक खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको छ ।

यसैबीच साउनदेखि पुससम्म नेपालको खुद सेवा आय ३६ अर्ब छ करोड रुपैयाँले घाटामा रहेको छ । यो अवधिमा विदेशीले नेपालमा ३९ अर्ब ५६ करोड रुपैयाँ खर्च गरेका छन् । तर नेपालीले विदेशमा गरेको खर्च ९२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका