जोडिनुहोस
  • होमपेज
  • आईपीएल : दिल्लीमाथि हैदराबादको जित

आईपीएल : दिल्लीमाथि हैदराबादको जित

काठमाडौं । सनराईजर्स हैदराबादले भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल)मा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । दिल्लीको घरेलु अरुण जेट्ली क्रिकेट स्टेडियममा हैदराबाद ९ रनले विजयी भएको हो ।

हैदराबादले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

दिल्लीका लागि फिलिप साल्ट र मिचेल मार्शले अर्धशतकीय ईनिङ खेले । मार्शले ३९ बलमा १ चौका तथा ६ छक्का प्रहार गरे । साल्टले ३५ बलमा ९ चौकाका साथ ५९ रन बनाए ।

पहिलो ओभरमा नै दिल्लीले कप्तान डेबिड वार्नरलाई शुन्य रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि मार्श र साल्टले ६६ बलमा १ सय १२ रनको साझेदारी गरे । १ सय १२ रनमा १ विकेट गुमाएको अवस्थाको दिल्लीले निरन्तर विकेट गुमाउदा हार व्यहोर्न पुग्यो ।

प्रियम गर्गले ९ बलमा १२ रन बनाउँदा अक्षर पटेलले १४ बलमा २९ रन बनाउँदै अविजित रहे । हैदरावादका लागि मयक मार्कन्डेले २ तथा भुवनेश्वर कुमार,टि नटराजन,अमिल हुसेन र अकिल हुसेनले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो ।

हैदराबादका लागि ओपनर अभिषेक शर्माले ३६ बलमा १२ चौका र १ छक्काको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले । हेनरिक क्लेसनले २७ बलमा २ चौका र ४ छक्काको सहयोगमा अविजित ५३ रन बनाए ।

अब्दुल समादले २१ बलमा १ चौका र २ छक्काको सहयोगमा २८ रन बनाए । समाद र क्लेसनले छैटौं विकेटका लागि ३३ बलमा ५३ रनको साझेदारी गरे ।

अकिल होसेनले १० बलमा १६ रन बनाउँदै अविजित रहे । सातौं विकेटका लागि क्लेसज र होसेनले १८ बलमा अविजित ३५ रनको साझेदारी गरे ।

दिल्लीका लागि मिचेल मार्शले ४ ओभरमा २७ रन खर्चिएर ४ विकेट लिए । इशान्त शर्मा र अक्षर पटेलले समान १/१ विकेट लिए ।

आठ खेलमा तीन जित र पाँच हारका साथ हैदरावाद १० टोली सहभागी यस लिगको आठौं स्थानमा उक्लिएको छ । आठ खेलमा छ हार व्यहोरेको दिल्ली पुछारमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका