जोडिनुहोस
  • होमपेज
  • क्यानाडाविरुद्ध कप्तान रोहित र देव खनालको अर्धशतक

क्यानाडाविरुद्ध कप्तान रोहित र देव खनालको अर्धशतक

क्यानाडाविरुद्धको एक दिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालका कप्तान रोहित पौडेल र देव खनालले अर्धशतक प्रहार गरेका छन् । टीयू मैदानमा जारी खेलमा अहिले नेपालले क्यानाडाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ । यू १९ टिमका कप्तानसमेत रहेका देव खनालले ५६ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनले चार चौका र दुई छक्का प्रहर गरे ।

त्यसैगरी, कप्तान रोहित पौडेलले ६७ बलमा अर्धशतक प्रहार गरे । उनले चार चौका र तीन छक्का प्रहार गरे । यसअघि नेपालका अनिल साहले पनि अर्धशतक प्रहार गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका