जोडिनुहोस
  • होमपेज
  • आर्थिक मन्दीका कारण विराटनगरका व्यापारिक मल धमाधम बन्द हुँदै

आर्थिक मन्दीका कारण विराटनगरका व्यापारिक मल धमाधम बन्द हुँदै

आर्थिक मन्दीका कारण कोशी प्रदेशको राजधानी विराटनगरका व्यापारिक मल धमाधम बन्द हुन थालेका छन् । विराटनगरमा पछिल्ला पाँच वर्षमा ठूलो लगानीमा सञ्चालनमा आएका केही व्यापारिक मल बन्द भएका हुन् । हालैमात्र विराटनगर महानगरपालिका–८ हाटखोलामा सञ्चालित आरके सिटी सेन्टर बन्द भएको छ ।

२०७६ साल फागुनमा एक अर्ब २५ करोड रुपैयाँ लगानीमा खुलेको आरेक सिटी सेन्टर मल गएको सोमवारदेखि पूर्ण रूपमा बन्द भएको हो । विश्वव्यापी आर्थिक मन्दी, असमान मूल्य र खुला सीमाको फाइदा उठाउँदै उपभोक्ता भारतीय बजारमा आकर्षित हुँदा मल बन्द भएको हो ।

विश्वव्यापी आर्थिक मन्दी र सरकारको नीतिका कारण मलहरू बन्दको अवस्थामा पुगेको विराटनगरको सेन्ट्रल मलका सञ्चालक प्रकाश मुन्दडा बताउनुहुन्छ । उहाँले आर्थिक मन्दीका कारण उद्योग धन्दा धराशायी भइरहेको बताउनु भयो । यसअघि विराटनगरको पहिलो डिर्पाटमेण्ट स्टोर नेपाल बजार बन्द भएको थियो ।

अहिले सञ्चालनमा रहेका भाटभटेनी र सेन्ट्रल बजार मलमा पनि पहिलेको तुलनामा ग्राहकको सङ्ख्या घटेको छ । आर्थिक मन्दीले गर्दा आम्दानी घटेपछि नागरिकको क्रयशक्तिमा पनि गिरावट आएको छ । जसले गर्दा उपभोक्ता सस्तो खोज्दै सीमावर्ती भारतीय बजार पुग्ने गरेका छन् । विराटनगरमा भन्दा भारतमा सामानहरु सस्तो पर्ने भएकाले भारतबाटै सामानहरु किनेर ल्याउने गरेको उपभोक्ताले बताएका छन् ।

अर्थविद् वेदराज आचार्यले मानिसहरुले गुमाएको रोजगारी नपाउनु, आर्थिक अवस्था चलायमान नहुनु र लगानी गर्नेकुरामा नै उद्योगी र व्यवसायीहरु हच्किनुले समस्या आएको बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका