जोडिनुहोस
  • होमपेज
  • चुकन्दरले शरीरमा रगत बढाउँछ र ?

चुकन्दरले शरीरमा रगत बढाउँछ र ?

शरीरमा हेमोग्लोबिनको कमी भएमा पोषणविद्हरुले चुकन्दर खाने सल्लाह दिन्छन् । दैनिक जिम जाने, व्यायाम गर्ने, उच्च रक्तचापको समस्या भएका व्यक्तिका लागि पनि चुकन्दर खान सुझाइन्छ ।

 

के साँच्चै चुकन्दरले शरीरमा रगत बढाउँछ त ?

चुकन्दरको दैनिक सेवनले शरीरमा रगत बढाउँछ किनभने यसमा प्रशस्त मात्रामा आइरन हुन्छ । यसले शरीरमा पर्याप्त मात्रामा रातो रक्तकोषिका निर्माण गर्न मद्दत गर्छ । रगतमा पाइने हेमोग्लोबिन नियन्त्रणमा राख्नुका साथै त्यसको स्तर बढाउन पनि चुकन्दर लाभदायक हुन्छ । चुकन्दरले रक्तअल्पता अर्थात् एनिमियाबाट पनि जोगाउन मद्दत गर्छ ।

चुकन्दरमा नाइट्रेट तत्व पाइन्छ । एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लामेटरी भिटामिन सी, भिटामिन बी १२, फाइबर, पोटासियम, मिनरल्स पाइन्छ । पोषणविद् र अनुसन्धानबाट पुष्टि भएका केही चुकन्दरको केही अचुक फाइदाबारे चर्चा गरौं ।

 

एन्टी क्यान्सर

चुकन्दरमा मुख्य रुपमा जुन नाइट्रेट तत्व पाइन्छ, जसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । यसले शरीरमा अनियन्त्रित रुपमा विकास भएका कोषलाई खोजेर नष्ट गर्ने काम गर्छ । क्यान्सर जस्तो डरलाग्दो रोगबाट जोगाउँछ । यसलाई पोषणविद्ले मात्र नभई अनुसन्धानबाट पनि पुष्टि भएको छ ।

केही वर्षअघि इटालीमा गरिएको अनुसन्धानअनुसार चुकन्दरमा पाइने बीटा सायनिन अर्थात् एन्टिअक्सिडेन्ट गुणले कोलोन क्यान्सरका कोषिकाहरुलाई नष्ट गर्ने क्षमता हुने पुष्टि गरेको थियो ।

चुकन्दरमा बीटालेन्स बीटा सायनिन भन्ने एउटा प्राकृतिक तत्व हुन्छ, जुन चुकन्दरमा पाइने रातोकण ९रातो रंग०मा हुन्छ । यस तत्वले शरीरमा एन्टिअक्सिडेन्ट बनाउन सहयोग गर्छ ।

युनिभर्सिटी अफ एक्सेटर, बेलायतमा एप्लाइड फिजियोलोजीका प्रोफेसर एन्डी जोन्सले १० वर्षसम्म एथ्लेटिक्सहरूको प्रदर्शनको अनुसन्धान गरेका थिए । उनको अनुसन्धान अनुसार जब हामीले चुकन्दर खान्छौं, हाम्रो मुखमा भएका ब्याक्टेरियाले नाइट्रेटलाई नाइट्रिक अक्साइडमा परिणत गर्न थाल्छ । नाइट्रिक अक्साइड एक भासोडिलेटर हो । यसले रक्तनलीहरू फराकिलो बनाएर रगत सजिलैसँग शरीरमा प्रवाह गर्न सहयोग गर्छ ।

शरीरका अंगहरुमा पर्याप्त मात्रामा अक्सिजन पुर्‍याउने काम गर्छ । साथै उनले यसले यौन उत्तेजनाको लागि पनि नाइट्रिक अक्साइडको पर्याप्त आवश्यक हुने बताएको छ । तर हालसम्म यसको कुनै पनि अनुसन्धानले पुष्टि गरेको छैन ।

 

उच्च रक्तचाप नियन्त्रण

चुकन्दरले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । एक अनुसन्धानले रक्तचाप भएको व्यक्तिले केही हप्तासम्म दैनिक चुकन्दरको सेवन गरेमा रक्तचाप औसतमा पाँच मिलिमिटरले कम हुनसक्ने देखाएको छ । केही हप्ता दैनिक दुईवटा चुकुन्दर खाएमा उच्च रक्तचाप औसत पाँच मिलिमिटरले कम हुनुसक्छ ।

उच्च रक्तचाप नियन्त्रणमा राखेमा मस्तिष्कघात, हृदयघातको जोखिम १० प्रतिशतले कम हुन्छ । साथै चुकन्दर खाएको केही घण्टामा नै उच्च रक्तचाप नियन्त्रणमा प्रभाव देखिन्छ ।

 

स्वस्थ मस्तिष्कको लागि चुकन्दर

चुकन्दरको दैनिक सेवनले मस्तिष्क पनि चलायमान र स्वस्थ रहन्छ । चुकन्दरले मस्तिष्कमा रक्तप्रवाह बढाउनुका साथै मस्तिष्कको क्षमता समेत बढाउँछ । यसले रगतमा हेमोग्लोबिनको स्तर बढाएर शरीरमा सबै अंगमा अक्सिजन पुर्‍याउँछ । साथै यसले शरीरको चाललाई नियन्त्रण गर्ने मस्तिष्कको भागमा ‘कनेक्टिभिटी’ बढ्छ ।

 

शारीरिक क्षमता बढाउन

चुकन्दरले शारीरिक क्षमता बढाउन पनि महत्वपूर्ण भूमिका खेल्छ । पेट, मस्तिष्क, रक्तचाप नियन्त्रण भएमा शारीरिक क्षमता बढ्छ, मासंपेशीहरु बलियो र ऊर्जावान हुन्छ । किनभने यसको दैनिक सेवनले मांसपेशीहरूलाई अक्सिजन प्राप्त हुने गर्छ । जसले गर्दा शरीरले राम्रोसँग काम गर्छ ।

 

कलेजो र पाचन प्रक्रियामा सुधार

चुकन्दरको जुस र सलादको सेवन गर्नाले कलेजो र पेटको सफाइ गर्न मद्दत गर्छ । यसमा हुने एन्टिअक्सिडेन्टले कलेजोमा हुने विकारहरूलाई बाहिर निकाल्ने काम गर्छ र कलेजोलाई नियमित रूपमा काम गर्न सक्छ । यसमा भएको फाइबरले पाचन प्रक्रिया बलियो बनाउँछ । यसले कब्जियत भएका बेला पनि राहत पुर्‍याएर पाचन प्रक्रियामा सुधार ल्याउँछ ।

 

मुखभित्र ब्याक्टेरिया सन्तुलनमा राख्न

चुकन्दरको सेवनले मुखभित्र रहेका ब्याक्टेरियाहरुलाई सन्तुलनमा राख्न सहयोग गर्ने धेरै अध्ययनले देखाएका छन् । जसले रोग तथा ब्याक्टेरियाको स्तर कम गर्न मद्दत गर्छ । चुकन्दरको रस दिनमा दुईचोटि १० दिनसम्म सेवन गरेमा मुखभित्र ब्याक्टेरियाको सन्तुलन राख्न मद्दत गर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?