जोडिनुहोस
  • होमपेज
  • रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको ध्वाँसे फूलबारी घर भई काठमाडौंको स्वयम्भू बस्ने ३० वर्षीय मिलन तामाङ रहेका छन् । तामाङले गणेश बि।सी समेत दुई जनालाई वैदेशिक रोजगारीको लागि रसिया पठाइदिन्छु, त्यसको लागि प्रतिव्यक्ति पाँच लाख रुपैयाँ लाग्छ र रसिया पुगेपछि कन्ट्रक्सनमा लेबर काम लगाइदिन्छु जहाँ मासिक १ लाख रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी १ लाख ६५ हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनको खोजतलास गर्ने क्रममा बुधबार सामाखुसीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका