जोडिनुहोस
  • होमपेज
  • ए डिभिजन लिगमा आज तीन खेल हुँदै

खेलकुद

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

  • Sagarmatha TV
  • शुक्रबार, बैशाख २९, २०८०
ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज (शुक्रबार) तीन खेल हुदैछ । रेलिगेशनबाट बच्न संघर्षरत तालिकाका पुछार तीन टिम चौथों चरणको खेलमा मैदान उत्रदैछन् ।

दशरथ रंगशालामा दिउँसो तीन बजे संकटा र नेपाल पुलिस क्लब भिड्दै गर्दा सोही समय एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी क्लब भिड्नेछन् । लिग उपाधिको लक्ष्य सहित टिम बनाएको संकटा खराब समयबाट गुज्रिरहेको छ । पछिल्लो समय उसलाई रेलिगेशनकै डर छ ।

संकटाविरुद्ध खेल्न लागेको पुलिसले सुरुआतदेखिनै तालिकाको पुछारको स्थान छाडेको छैन । विदेशी खेलाडीको आगमनसँगै नतिजा निकाल्न सुरु गरेको पुलिसले शुक्रबारको खेलमा जित निकाल्दै रेलिगेशन जोन छाड्न सक्नेछ ।

नयाँ प्रशिक्षकको आगमनपछि राहत महशुश गरेको मनाङले समान अंक रहेको हिमालयन शेर्पासँग खेल्दैछ । पहिलो लेगमा दुवै टिमले बराबरी खेल्दै अंक बाँडेका थिए । दुवै टिम जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहन्छन् । समान २० अंक जोडेर मनाङ आठौं स्थानमा र शेर्पा नवौं स्थानमा छ ।

अन्तिम खेलमा साँझ ६ बजे दशरथ मैदानमा एनआरटी र खुमलटार मैदान भिड्नेछन् । रेलिगेशन जोनमा रहेको खुमलटार र एक स्थानमात्र माथि रहेको एनआरटी दुवैलाई शुक्रबारको खेल महत्वपुर्ण छ । दुवै टिम जित निकाल्दै रेलिगेशनको दबाब कम गर्न चाहन्छन् ।

एनआरटी १८ अंक सहित १२ औं स्थानमा छ भने खुलमछार १७ अंक सहित १३ औं स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका