जोडिनुहोस
  • होमपेज
  • आयोगको निष्कर्षः बालकुमारी घटनाको मुख्य कारण ‘प्रकाश ज्वाला’

आयोगको निष्कर्षः बालकुमारी घटनाको मुख्य कारण ‘प्रकाश ज्वाला’

गत पुस १३ गते ललितपुरको बालकुमारीमा दुईजना युवाको ज्यान गएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासमेत जिम्मेवार भएको निष्कर्ष निकालेको छ।

घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न बनेको आयोगले शुक्रबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेको अधिकारीहरूले जनाएका छन्।

बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अछामको चौरपाटीका वीरेन्द्र शाह र दैलेखको महाबुका सुजन रावतको मृत्यु भएको थियो।

घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिस सहितको प्रतिवेदन पेस गर्ने गरी मन्त्रिपरिषद्ले पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो।

उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अरुण कुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भटाराई सदस्य रहेको आयोगले पुस २० देखि काम सुरु ४४ दिनमा प्रतिवेदन बुझाएको गृहमन्त्रालय स्रोतले जनाएको छ।

आयोगले घटनास्थलको निरीक्षण, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते तथा घटनासँग सम्बन्धित दर्जनौँ मानिसहरूको बयान कागज गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवम् अन्य समेत गरी २९ जनाको बयान गरेपछि निष्कर्षमा पुगेको आयोगका अध्यक्ष पौडेलले जानकारी दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका