जोडिनुहोस
  • होमपेज
  • नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी

नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल ९ विकेटले विजयी भएको छ । किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ३८ रनको लक्ष्य नेपालले १५ ओभर २ बलमा १ विकेट गुमाउँदै भेट्टायो ।

नेदरल्याण्ड्सका म्याक्स ओडडको बलमा अनिल साहले चौका प्रहार गर्दै नेपाललाई फराकिलो जित दिलाए । नेपालका लागि आशिफ शेख र अनिल साहले अर्धशतक प्रहार गरे । ३६ बलको सामना गरेका अनिल साहले ६ चौका र ४ छक्का प्रहार गर्दै ५७ रन बनाए । त्यसैगरी, ४५ बल खेलेका आशिफ शेखले ४५ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५४ रन बनाए । यसअघि ओपनर कुशल भुर्तेलले ११ बलमा २८ रन बनाएर आउट भएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ३९ ओभरमा सबै विकेट गुमाउँदै केबल १ सय ३७ रनमा समेटियो । नेपालका लागि कुशल भुर्तेल एक्लैले ४ विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका