जोडिनुहोस
  • होमपेज
  • नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक इन्डियाबीच क्रस बोर्डर भुक्तानी सम्बन्धी टीओआरमा हस्ताक्षर

नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक इन्डियाबीच क्रस बोर्डर भुक्तानी सम्बन्धी टीओआरमा हस्ताक्षर

काठमाडौं । नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाबीच नेपाल भारत क्रस बोर्डर भुक्तानी सञ्चालन गर्ने सम्बन्धमा टम्र्स अफ रिफ्रेन्स (टीओआर) मा हस्ताक्षर भएको छ ।

इन्टिग्रेसनबाट अन्तरदेशीय कारोबार छिटो तथा सुरक्षित बनाउन दुई देशका केन्द्रीय बैंकबीच सम्झौता भएको हो । यो सम्झौतापश्चात नेपाल र भारतबीच हुने क्रसबोर्डर भुक्तानी नियमन गर्ने बाटो खुलेको बताइएको छ ।

यद्यपि, यो क्रसबोर्डर भुक्तानी कहिलेबाट सुरु हुने भन्ने बारे भने सम्झौतामा खुलाइएको छैन । दुबै संस्थाले भुक्तानी सुरु गर्नका लागि प्राविधिक परीक्षण थालेका छन् । नेपाल र भारतबीच रेमिट्यान्सको भुक्तानी छिटो र सुलभ दरमा गराउन समझदारी भएको हो । एनपीआई र युपीआईबीचको इन्टिग्रेसनले दुई देशबीचको वित्तीय कनेक्टिभिटी थप मजबुद हुने विश्वास गरिएको छ ।

गएको जेठमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल-भारत क्रसबोर्डर भुक्तानी सम्बन्धी सम्झौता भएको थियो । त्यो बेला नेपालको तर्फबाट नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का सीईओ नीलेशमान सिंह प्रधान र भारतका तर्फबाट एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड एनआर्ईपीएलका सीईओ रितेश शुक्लाले हस्ताक्षर गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका