जोडिनुहोस
  • होमपेज
  • अध्यागमन विभागका महानिर्देशक तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अध्यागमन विभागका महानिर्देशक तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मेलम्ची खानेपानी आयोजनामा अनियमितता गरेको आरोपमा आयोगले तामाङसहित १८ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मेलम्ची खानेपानी विकास समितिको बोर्ड सदस्य रहेका बेला उनले अनियमितता गरेको भन्दै अख्तियारले तामाङविरुद्ध मुद्दा दायर गरेको हो । आरोपपत्रमा अख्तियारले उनीविरुद्ध ११ करोड ९ लाख १७ हजार ४ सय ५८ रुपैयाँ बिगो तथा सो बमोजिम जरिवाना र कैद सजाय माग दाबी गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका