जोडिनुहोस
  • होमपेज
  • आजदेखि कांग्रेस महासमिति बैठक, यस्तो छ तयारी

आजदेखि कांग्रेस महासमिति बैठक, यस्तो छ तयारी

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आज सोमबारदेखि सुरू हुँदैछ । बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा दिउँसो १ बजे सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका प्रचाार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले जानकारी दिए ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

ती प्रस्तावहरूमा समूह बनाएर छलफल हुने प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए । उनका अनुसार छलफलका लागि चार समूह बनाइने छ । महासमितिमा सहभागी भएका सदस्यमध्ये कम्तीमा ६० प्रतिशतलाई बोल्न समय दिने तय भएको छ ।

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरेर महासमिति सदस्य नरहेका प्रदेश सभापतिहरू, जिल्ला सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखहरू पनि आमन्त्रित सदस्यका रूपमा बैठकमा सहभागी हुन पाउनेछन् ।

महासमिति बैठकमा वर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरू १६५ जना, प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी महासमिति सदस्यहरू १ हजार सात सय ८० जना, नेपाली जनसम्पर्क समितिबाट ८९ जना, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, महासमिति सदस्य नरहेका जिल्ला सभापति ४६ जना सहभागी हुने कांग्रेसले जनाएको छ ।

कांग्रेसको विधानअनुसार महाधिवेशन भएको वर्षबाहेक वर्षेनी महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका