जोडिनुहोस
  • होमपेज
  • अविरल बर्षाले केदारनाथकाे तीर्थयात्रामा राेक

अविरल बर्षाले केदारनाथकाे तीर्थयात्रामा राेक

भारत । उत्तराखण्डमा लगातारको मुसलधारे वर्षाका कारण पहिरोका कारण सडक भत्किएकाे छ । जसका कारण सवारी आवागमन नराम्ररी प्रभावित भएको छ । यसैबीच, मौसम विभागले उत्तराखण्डमा वर्षाको प्रक्रिया जारी रहने जानकारी दिएको छ।

यस्तो अवस्थामा फेरि केदारनाथ यात्रा रोक्ने निर्णय गरिएको छ । लगातारको खराब मौसमका कारण यात्रुको सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासनले केदारनाथ धाम जाने यात्रुलाई सोनप्रयाग र गौरीकुण्डमा रोक लगाएको छ ।

अविरल वर्षाका कारण ४ राज्य सडक र १० वटा लिंक सडक अवरुद्ध भएका छन् ।

भारी वर्षाका कारण मंदाकिनी र अलकनंदा नदीको बहाव बढेको अधिकारीहरूले बताएका छन् । भारत मौसम विभागले सोमबार उत्तराखण्डमा भारी वर्षाको बीचमा जुलाई १२ को लागि एलाे अलर्ट जारी गरी चेतावनी दिएकाे छ। आईएमडीले एक ट्वीटमा सूचित गरेको छ कि जुलाई १२ मा उत्तराखण्ड र आसपासका क्षेत्रहरू र पश्चिमी उत्तर प्रदेशमा भारी देखि धेरै भारी वर्षा (११५.६ देखि २०४.४ मिमी) को सम्भावना रहेकाे छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका