जोडिनुहोस
  • होमपेज
  • हवाइ फायर गरेर अवैध काठ नियन्त्रण

हवाइ फायर गरेर अवैध काठ नियन्त्रण

रौतहट । रौतहटस्थित सशस्त्र वन सुरक्षा गस्ती टोलीले हवाइ फायर गरेर अवैध सालको काठ बरामद गरेको छ ।

जिल्लाको पूर्विभेग वृन्दावन नगरपालिका–१ रामलाल वृन्दावन साझेदारी वन क्षेत्रभित्र वन सुरक्षा टोली र सर्लाहीका तस्करबीच जम्काभेट हुँदा टोलीले हवाई फायर गरेर गोलिया काठ लोड रहेको टायर गाडा र पाडा बरामद गरेको हो।

वन अधिकृत अनिल कुमार महतोको कमाण्डमा गएको टोली र तस्कर समूहबीच गएराति ११ बजे वन क्षेत्रभित्र गस्तीको क्रममा भिडन्त भएको थियो । सो क्रममा टोलीले तीन राउण्ड हवाई फायर गरेपछि तस्कर समूह टायर सहितको काठ छोडेर भागेको डिवीजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले जानकारी दिए ।

टोलीले उक्त स्थानबाट तिनाथान गोलिया साढे ५७ फिट सालको काठ लोड रहेको एकथान टायर गाडा र एउटा पाडो बरामद गरेको प्रमुख मिश्रले जानकारी दिए । झण्डै दुई लाखभन्दा बढी मूल्यको काठसहितको टायर गाडा र पाडो आवश्यक कारबाहीको लागि डिवीजन वन कार्यालय चन्द्रनिगापुरमा ल्याइएको तथा घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

हिन्दूहरूको पर्व होली नजिकिँदै गर्दा स्थानीय तस्करहरू चोरीलुकी काठ कटानी गर्न बढी सक्रिय देखिएकाले अहिले वन सुरक्षा गस्ती टोली अहोरात्र खटिएको डिवीजन वन कार्यालय रौतहटले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका