जोडिनुहोस
  • होमपेज
  • नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. जोशीले सम्हाले पदभार

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. जोशीले सम्हाले पदभार

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा। प्रमोद जोशीले पदभार सम्हालेका छन् । गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डा। जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गरेको थियो । डा. जोशी हाल गेटा अस्पतालमा प्रमुखको रुपमा कार्यरत छन् । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा जोशीले त्यसअघि ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।

परिषदका सदस्य सचिव डा प्रदिप ज्ञवालीको कार्यकाल माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो । रिक्त रहेको उक्त पदमा सरकारले डा जोशीलाई नियुक्त गरेको हो । डा. जोशी नेपाल चिकित्सक संघका कोषाध्यक्षसमेत हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका