जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका हुन् ।

उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गृहमन्त्रीको विषयमा सत्तारुढ गठबन्धनमा खटपट चलिरहेको छ । अवैध नागरिकताका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीको पद गुमाएका थिए । तर नागरिकता पुनः प्राप्ति गरेपछि लामिछाने सोही पदमा पुनः फर्कने कसरतमा छन् ।

तर, प्रधानमन्त्री दाहाल भने पासपोर्ट लगायत विषय अझै विवादमा रहेको र लामिछानेको नागरिकताबारे अदालतको फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालय आफूसँग नै राख्ने पक्षमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका