जोडिनुहोस
  • होमपेज
  • एटिएम कार्डको प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरु

एटिएम कार्डको प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरु

पछिल्लो समय विज्ञान र प्रविधिको धेरै विकास भइसकेको छ । हरेक कुराहरु प्रविधि सँग जोडिएका छन् । त्यस्तै एक हो एटिएमको प्रयोग । आजभोलि धेरै मानिसहरुले नगद पैसाको सट्टा एटिएम कार्डको बढी प्रयोग गर्छन् । एटिएम कार्ड प्रयोग गर्दा छोटो समयमा नै पैसा निकाल्न सकिने र बै‌ंकमा लामो लाइन पनि बस्न नपर्ने भएकाले यो निकै सजिलो माध्यम बनिसकेको छ । तर, एटिएम कार्डको प्रयोग गर्दा कतिपय कुरामा ध्यान नदिँदा धेरै समस्याहरु उत्पन्न हुनसक्छन् ।

एटिएम कसरी प्रयोग गर्दा आफ्नो खाता सुरक्षित हुन्छ र ?

– सबै भन्दा पहिला एटिएम मेसिन रहेको कोठामा पसेपछि राम्ररी ढोका लगाउने र पिन हान्दा कसैले नदेख्ने गरी थिच्ने ।

– आफ्नो कार्डको नम्बर वा पिन कोर्ड अरुसँग शेयर गर्नु हुँदैन ।

– पैसा झिक्दा खाताबाट पैसा काटियो तर एटिएमबाट पैसा आएन भने तरुन्त बैंकमा सम्पर्क गर्ने ।

– आफ्नो एटिएम कार्डको पिन समय समयमा परिवर्तन गरिरहने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका