जोडिनुहोस

खेलकुद

तेस्रो खेलमा भारतको हार

  • Sagarmatha TV
  • बिहिबार, अशोज ११, २०८०
तेस्रो खेलमा भारतको हार

भारतीय क्रिकेट टिमले अष्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम वान डे म्याच गुमाएको छ । राजकोटमा खेलिएको तेस्रो वान डे म्याचमा भारत ६६ रनले पराजित बनेको हो । सुरुआती दुई खेल जितेको भारतले सिरिज भने २–१ ले आफ्नो पक्षमा पारेको छ । अष्ट्रेलियाले प्रस्तुत गरेको ३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत २ बल बाँकी छदाँ २ सय ८६ रनमा अलआउट हुन पुग्यो ।

कप्तान रोहित शर्माले ८१ रन बनाएको इनिङ्समा विराट कोहलीले ५६ रनको योगदान दिएका थिए । वासिङ्टन सुन्दर १८ रनमा आउट भएको खेलमा श्रेयस एयरले ४८, रविन्द्र जडेजाले ३५, केएल राहुल २६ रन बनाएर आउट भए । सुर्यकुमार यादव ८, कुलदिप यादव २, जसप्रीत बुम्राहा ५ र मोहमद सेराज १ रनमा आउट भएका थिए । अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ४, जोस हेजलउडले २ तथा मिचेर स्टार्स, प्याट कुमिन्स, तानवीर संघले समान एक विकेट हात पारे ।

सुरुआती ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ५२ रन बनाएको थियो । मिचेर स्टार्सले सर्वाधिक ९६ रन बनाएको इनिङ्समा स्टेभन स्मिथले ७४ र मार्नस लाबुसचेनले ७२ रन बनाएका थिए । ओपनर डेभिड वार्नरले ५६ रनको योगदान गरेका थिए ।भारतका जसप्रीत बुम्राहाले सर्वाधिक ३ तथा कुलदिप यादवले २ विकेट हात पारेका थिए । मोहमद सिराज, प्रसिद्ध कृष्ण समान एक विकेट हात पारे ।

भारतले सिरिजको पहिलो खेल ५ विकेट र दोस्रो खेल ९९ रनले जितेको थियो । अब भारत भ्रमणमा रहेको अष्ट्रेलियाले घरेलु टोलीसँग ५ म्याचको टी ट्वान्टी सिरिज खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका