जोडिनुहोस
  • होमपेज
  • उपत्यकासहित देशैभर फोहोर व्यवस्थापनमा चुनौती

उपत्यकासहित देशैभर फोहोर व्यवस्थापनमा चुनौती

बढ्दो शहरीकरणसँगै काठमाण्डौ उपत्यका सहित देशैभरका सबै पालिकामा फोहोरमैला व्यवस्थापन पहिलो चुनौतीको रुपमा देखिएको छ । काठमाण्डौ उपत्यका सहित सबै पालिकाहरुमा सबैभन्दा बढी समय र बजेट समेत फोहोर व्यवस्थापनमा गइरहेको पाइन्छ ।तर वैज्ञानिक र दीर्घकालीन फोहोर व्यवस्थापन भने अहिलेसम्म कसैले गर्न नसकेका विज्ञहरुले बताएका छन् ।

काठमाण्डौ महानगर लगायत उपत्यकाको फोहोर व्यवस्थापन गर्न सङ्घीय सरकारले साथ दिनुपर्ने उपत्यकाका पालिकाहरुको माग छ । देश सङ्घीय संरचनामा गएसँगै फोहोर व्यवस्थापन पालिकाहरु आफैँले गर्नुपर्ने प्रावधान छ । तर काठमाण्डौ उपत्यकाको वैज्ञानिक फोहोर व्यवस्थापनको लागि बजेट र अन्य पूर्वाधार छैन ।

सरकारले आवश्यक कानुनी व्यवस्था गरेर निजी क्षेत्रलाई फोहोर व्यवस्थापनमा सहभागिता गराउन नसक्दा अहिलेको बिकराल अवस्था आएको पूर्वाधार विज्ञ आशिष गजुरेलले बताउनुभयो । उहाँका अनुसार सरकारले फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन निजी साझेदारीमा जाने तयारी गरेपनि १५ वर्षदेखि निर्णय हुन सकेको छैन ।

उहाँले स्थानीय निकायले निजी क्षेत्रको क्षमता,लगानी प्रयोग गरी प्रुमख दायित्व फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन निजी क्षेत्रमार्फत गर्ने अवसर अहिले रहेको बताउनु भयो । वातावरण विज्ञ अल्का सापकोटाले सरकारले वैज्ञानिक फोहोर व्यवस्थापनको लागि सार्वजनिक निजी साझेदारीमा काम गर्नेगरी निर्णय गर्न सक्नुपर्ने दाबी गर्नुभयो । उहाँले फोहोर व्यवस्थापनको लागि छनोट गरेका कम्पनीहरुलाई काम गर्न दिने गरी निर्णय गर्न ढिलाई गर्न नहुने बताउनु भयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका