जोडिनुहोस
  • होमपेज
  • बाग्लुङको सुतुर्केमा डम्पिङ साइटु भरिएपछि कालीगण्डकी करिडोर दुर्गन्धित

बाग्लुङको सुतुर्केमा डम्पिङ साइटु भरिएपछि कालीगण्डकी करिडोर दुर्गन्धित

बाग्लुङको बाग्लुङ नगरपालिका सुतुर्केमा डम्पिङ साइटु भरिएपछि कालीगण्डकी करिडोर दुर्गन्धित बनेको छ । नगरपालिकाले काठेखोला र कालीगण्डकी करिडोर नजिकैको सुतुर्केमा फोहोर फाल्न थालेको एक दशक भयो । त्यसअघि नगरपालिकाले २०५४ सालदेखि कालीगण्डकी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । तर अहिले सुतुर्केको डम्पिङ साइटु पनि भरिएपछि फोहोर व्यवस्थापनमा चुनौती थपिएको छ ।

अव्यवस्थित फोहोर व्यवस्थापनबाट दैनिक गुड्ने सयौँ गाडी र यात्रु प्रभावित भएका छन् । कुहिने र नकुहिने फोहोर नछुट्याई व्यवस्थापन गर्दा त्यहाँको १० रोपनी जग्गा भरिएको छ भने सुतुर्केको डम्पिङ साइटु को असर नजिकैको प्रसिद्ध बाग्लुङ कालिका मन्दिरमा पनि असर पर्न थालेको छ । अव्यवस्थित फोहोर व्यवस्थापनका कारण यात्रा गर्न सकस हुने गरेको चालक देवीबहादुर सुनारले बताउनुभयो । गर्मी मौसममा अब यो बाटो भएर हिँड्नै नसक्ने अवस्था हुने उहाँको भनाइ छ ।नगरपालिकाले फोहोरको दिगो व्यवस्थापनका लागि व्यवस्थित ल्यान्डफिल साइटु बनाउने योजना बनाए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । बाग्लुङ नगरपालिकाले दैनिक छ टन फोहोर व्यवस्थापन गरिरहेको छ । फोहोर व्यवस्थापनका लागि आधुनिक र व्यवस्थित डम्पिङ साइटु बनाउने गुरुयोजना बनाए पनि बजेट अभावमा कार्यान्वयन गर्न नसकेको नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका