जोडिनुहोस
  • होमपेज
  • प्रचण्डजस्ता धोकेबाजको कुनै औषधि नभएको देउवाको टिप्पणी

प्रचण्डजस्ता धोकेबाजको कुनै औषधि नभएको देउवाको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डले कांग््रेस लगायत सम्प्रर्ण नेपाली जनतालाई बेला–बेला धोका दिएको बताएका छन् । सभापति देउवाले बिहीबार संसदीय दलको बैठकम प्रचण्डजस्ता धोकेबाजको कुनै औषधि नभएको देउवाको टिप्पणी गरेका हुन् । सभापति देउवाले सत्तामा देखिएको अस्थिरताले मुलुकले समृद्धिको निकास पाउन नसक्ने बताउँदै देशको समग्र बिकासका लागि सत्तामा स्थायीत्वको खाँचो भएको औल्याए । सभापति देउवाले सत्ता गठबन्ध जोगाउन हरबखत कांग्रेसबाट भूमिका खेलेको बताउँदै उनले धोकेबाज भन्दा अन्य उच्चारण गर्ने शब्द नभएको उल्लेख गरे । संसदीय दलको बैठक सरकारमाथिको समर्थन फिर्ता लिने विषयमा बसेको थियो ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमाले लगायतका दलहरूसँग नयाँ गठबन्धन गरेर विस्तार गरेको सरकारभित्र गुनासो पैदा हुन थालिसको छ । प्रधानमन्त्रीले बुधबार विस्तार गरेको मन्त्रिपरिषदमा विवादित व्यक्तीहरुलाई नियुक्ती गरेको भन्दै आलोचना हुन थालेको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री नयाँ गठबन्धन गरेर विस्तार गरेको मन्त्रिपरिषद लामो समयसम्म टिकन नसक्ने बताएको छ ।

विभिन्न दृष्टिकोणबाट हेर्दा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार गठन भएपछि जनताहरु असुरक्षित हुँदै आएका छन् । प्रचण्डले सुशासनको ठुलो कुरा गर्दै हिड्ने तर व्यवहारमा लागू नगर्ने प्रवृतिका कारण नेपाली समाज चिन्ता र निराशाको सिकार भएको । देशमा देखा परेका हरेक किसिमका समाधानका लागि प्रधानमन्त्री प्रचण्डले नयाँ लेन्सको प्रयोग गर्न सकेका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका