जोडिनुहोस
  • होमपेज
  • किसानलाई भुक्तानी गर्न नसकेको डीडीसी पाँच करोड नाफामा

किसानलाई भुक्तानी गर्न नसकेको डीडीसी पाँच करोड नाफामा

काठमाडौं – दूध उत्पादकलाई लामो समयदेखि भुक्तानी नदिएको दुग्ध विकास संस्थान ९डीडीसी० ले चालु आर्थिक वर्षमा नाफा कमाएको छ। प्राप्त विवरण अनुसार छ वर्षदेखि घाटामा रहेको डीडीसी यो चालु आव २०८०/८१ को छ महिनामा नाफामा गएको देखिन्छ।

शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, चालु आव २०८०/८१ को साउनदेखि पुस मसान्तसम्म डीडीसीले पाँच करोड १५ लाख पाँच हजार १९४ रुपैयाँको नाफा देखाएको छ। डीडीसीले साउनदेखि पुससम्ममा एक अर्ब ९४ करोड ४९ लाख आम्दानी गरेको छ भने एक अर्ब ८८ करोड ७७ लाख रुपैयाँ खर्च गरेको देखिन्छ।

त्यस हिसाबले कर फर्छ्योटपछि पाँच करोड १५ लाख नाफा गरेको छ। गत आव २०७९/८० मा डीडीसी ४९ करोड ५१ लाख ४० हजार रुपैयाँ घाटामा थियो। गत आवमा तीन अर्ब ६५ करोड ६६ लाख ६० हजार रुपैयाँ आम्दानी गरेको थियो भने चार अर्ब १५ करोड १८ लाख एक हजार रुपैयाँ खर्च गरेको थियो।

डीडीसी छ वर्षअघि अर्थात् आव २०७४/७५ मा चार करोड ७५ लाख रुपैयाँ नाफा गरेको थियो। त्यसपछि लगातार घाटामा गइरहेको थियो। यो चालु आवमा नाफा देखाएको छ। त्यो नाफा अहिले नगदमा देखाइएको छैन। महाप्रबन्धक सञ्जीव झाले यो आवमा छ महिनाको हिसाब निकाल्दा पाँच करोड नाफामा गएको देखिन्छ तर त्यो नगदका रूपमा हात नपरेको बताए। उत्पादन गरिएको दुग्धजन्य पदार्थ मौज्दात रहेका कारण नगद हात लागेको छैन तर चैतदेखि सुक्खा सिजन शुरु हुँदै छ, त्यसमा मौज्दात दुग्धजन्य पदार्थ खपत भएपछि नगद हातमा आउने उनले बताए।

‘हाम्रो भण्डारमा एक अर्ब १० रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ मौज्दात रहेका छन्, जसमा ८५० मेट्रिक टन धुलो दुध, ७५० मेट्रिक टन बटर रहेका छन् ’, उनले भने।

डीडीसीले करिब एक अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ। किसानलाई भुक्तानी गर्न सरकारले ३० करोड रुपैयाँ सहुलिय ऋण उपलब्ध गराएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका