जोडिनुहोस
  • होमपेज
  • कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने

कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने

नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आज बसेको पदाधिकारीको बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको नेता अर्जुन नरसिंह केसीले जानकारी दिए । कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग पनि राष्ट्रिय सभाको अध्यक्षमा सहयोग खोज्न छलफल गर्ने निर्णय गरेको छ । उम्मेदवारको चयन भने राष्ट्रिय सभाका सदस्यको बैठक पछि गर्ने कांग्रेसले बताएको छ । राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल सकेर बिदा भएपछि यो पद खाली छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका