जोडिनुहोस
  • होमपेज
  • टी-२० सिरिजको उपाधि पीएनजीलाई, नेपाल ८६ रनले पराजित

टी-२० सिरिजको उपाधि पीएनजीलाई, नेपाल ८६ रनले पराजित

हङकङमा जारी टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपाल पपुवा न्युगिनीसँग ८६ रनले पराजित भएको छ । उपाधि जित्नका लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा अलआउट हुँदा ८५ रन मात्र बनाउन सक्यो । नेपालका सन्दीप जोराले १७, आरिफ सेखले १५ र कप्तान रोहीत पौडेलले १२ रन बनाए । विनोद भण्डारी ४ रनमा आउट हुँदा कुशल भुर्तेल ५ रनमा आउट भए । टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो । पपुवा न्युगिनीका टोनी यूराले ६१ रन बनाए । नेपालका कुशल भुर्तेल र आकाश चन्दले ३ र ३ विकेट लिए । करण केसी र गुलशन झाले एकरएक विकेट लिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका