जोडिनुहोस
  • होमपेज
  • जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

धरानबाट घोरेटार आउँदै गरेको बोलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । को। १ ज २५९३ नम्बरको उक्त जिप उदयपुरको बेलका नगरपालिका( ७ मैनामैनीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । दुर्घटनास्थलमा रहेका इलाका प्रहरी चौकी हसनपुर भोजपुरका असई खड्गबहादुर श्रेष्ठले दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए । अहिले ७ जनाको शव निकाल्ने प्रयास भइरहेको असई श्रेष्ठले बताए । प्रहरीका अनुसार जिप सडकबाट करिब २ सय मिटर तल खसेको भनाइ छ । मृत्यु हुने ७ जनामध्ये चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत नभइसकेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका