जोडिनुहोस
  • होमपेज
  • कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझाइयो

कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझाइयो

काठमाडौँ। सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शनिबार शीर्ष नेताहरूलाई बुझाइएको छ । दश सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम बुझाइएको हो ।

यसअघि हिजो बसेको कार्यदलको बैठकले साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएको थियो ।

कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ एवं नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका