जोडिनुहोस
  • होमपेज
  • सशस्त्र प्रहरीद्वारा अवैध बराबरको कपडा बरामद

सशस्त्र प्रहरीद्वारा अवैध बराबरको कपडा बरामद

काठमाडौं । धनुषामा सशस्त्र प्रहरीले रु सात लाख बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । शनिबार सशत्र प्रहरी बल ८ नं गणबाट खटिएको टोलीले धनुषाको विभिन्न स्थानबाट लत्ताकपडा र स्याउलगायतका सामग्री बरामद गरेको हो ।

भारतबाट भन्सार छली गरी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा गण तथा मातहतका निकायबाट खटिएको सशस्त्र प्रहरीका टोलीले उक्त सामग्री बरामद गरेको गणका प्रहरी उपरीक्षक सुदर्शन गिरीले जानकारी दिएका छन ।

प्रहरीले कपडासँगै ओसारपोसारमा प्रयोग भएको एउटा मोटरसाइकल समेत बरामद गरेको छ । बरामद गरिएको कपडा र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका